काठमाडौँ – नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्यााल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण यही मंसिर ९ गते (भोलि)देखि अनिवार्य अवकाशमा जाने भएकाले उक्त रिक्त पदमा सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय भएको हो । अर्याल हाल रक्षा मन्त्रालयका सचिव रहेका छन् ।


























































