– जगतगुरू महायाेगी सिद्धबाबा


ADVERTISEMENT


श्रीराम जानकी विवाहको बारेमा सम्पूर्ण जनमानसमा ज्ञात भएता पनि राम जानकी विवाह किन ? आम व्यक्तिको विवाह र श्रीराम जानकी विवाहमा फरक के छ ? श्रीराम र जानकी को हुन् ?


ADVERTISEMENT

# # #


जुन देशमा श्रीराम र जानकीको विवाह भयो त्यस देशमा यस्तो दिव्य उत्सव राष्ट्रव्यापी रूपमा नमानिनु अत्यन्तै दुःखको कुरा हो। सामान्य रूपले विचार गर्दा सामान्य सांसारिक जीवनमा गृहस्थ जीवन बिताउनेहरू प्रतिवर्ष वर्षगाठ मनाउँछन् । जबकि सांसारिक विवाह मानसिक बन्धन मात्र हो। तब पनि व्यक्तिहरू प्रतिवर्ष वर्षगाठ मनाउँछन्।

परब्रह्म परमात्मा प्रभु श्रीराम र उनको अभिन्न शक्ति श्री जानकीजी सदा सर्वदा एकै साथमा नित्य रहनेवाला तत्त्व हुन् , यी भिन्न होइनन् । श्री रामभन्दा भिन्न किशोरीजी रहन सक्नुहुन्न र श्री किशोरीजी भन्दा भिन्न श्रीरामजी रहन सक्नुहुन्न । फेरि उनको विवाह पनि हुन्छ त ? भन्ने जिज्ञासामा , परब्रह्म परमात्माले जिव मात्रको कल्याण हेतु लीला जगतको सृष्टि गर्नुभयो। भक्तिको दृष्टिबाट यो जगत लीला जगत हो। ज्ञान र बन्धनको दृष्टिबाट यो जगत अविद्या अर्थात् मायाको जगत हो। त्यसैलाई लिला विभूति भनिन्छ । यो एकपाद लिला विभूति हो।

भगवानले एक पातलीलाई विभूतिको प्रकट गरेर अनि ” लोकानाम ध्यास्तये ” जीवनको कल्याणर्थ स्वयं परब्रह्म परमात्मा र अह्लादिनी शक्ति एकपाद लिला विभूतिभित्र साधारण मनुष्यकै भाँती अवतार ग्रहण गर्नुहुन्छ र सामान्य मनुष्यले ईश्वरत्वको प्राप्ति कसरी गर्ने भन्ने मार्ग प्रशस्त गर्नुका साथै भगवत भक्तिमा ,‌अनुरागमा ,‌ प्रेममा चुर्लुम्म डुबेका भक्तहरूका लागि अनि ब्रह्म र जीवको प्रेमास्पद रस प्रदान गर्नुहुन्छ ,‌ त्यो हो माधुर्य रस। यो सम्पूर्ण जगत माधुर्य रसमै ओतप्रोत छ। माधुर्य रसकै एउटा साना हिस्साहरू हुन्। वात्सल्य रस , दास्य रस , शाक्य रस ,‌शान्त रस । यी छ वटा रस मिलेर माधुरी रस बन्दछ।

वात्सल्य रस ‌, शान्त रस , दास्य रस , साख्य रस ‌, माधुर्य रस अनि प्रेमीकान्ति माधुर्य रस । यी षड माधुर्यताबाट‌ जीव इश्वरत्वमा परिणत हुन्छ। अर्थात् भगवानका भक्तजनहरू भगवान लीला आस्वादनबाट आफ्नो आत्मकल्याण गर्दछन्। यो उपासनाको घडी हो। उपासनाको दिन हो। नेपालमा यस्तो प्रथा त्यसमा पनि पहाडी क्षेत्रमा छैन। मिथिलाको पञ्चकोशी क्षेत्रभित्र केवल जनकपुर मन्दिर, जानकी महलमा जोडिएको मन्दिरसँग‌ मात्र उत्सवहरू गर्ने गरिन्छ। परन्तु यो त राष्ट्रिय पर्व हो। श्रीराम जानकी विवाहका धेरैवटा सम्बन्धहरू रहेका छन्।

जीवात्माले परमात्माको लिलाको रसास्वादन गरेर शिवत्व प्राप्त गर्ने एउटा बाटो हो भने, अर्को हाम्रो सामाजिक व्यावहारिक सांस्कृतिक धार्मिक भाइचारा आदिको सम्बन्ध एवं छिमेकी राष्ट्र र नेपाल बीचको आपसी सम्बन्ध आदि‌ यी सम्पूर्ण कुराहरूलाई श्रीराम जानकी विवाहले जोड्दछ। श्री राम जानकी विवाहले विश्वलाई जोड्दछ। हरेक प्राणीलाई जोड्दछ , उपासनाको दृष्टिले भक्तहरूका लागि रसास्वादन हो ,‌ व्यवहारको दृष्टिकोणले जगतका‌ लागि पतिपत्नीको बीचमा हुनुपर्ने एउटा माधुर्य रस सम्बन्ध हो भने समाजका साथै छिमेकी देशका‌ लागी‌ दुई देशको प्रगाढ सम्बन्धका लागि सांस्कृतिक आदान – प्रदान हो। यसकारण विवाह पञ्चमी राष्ट्रिय पर्व हुनुपर्छ। राष्ट्रव्यापी विवाह पञ्चमीको उत्सव हुनुपर्छ। बहिरविरोध मेटाएर व्यक्तिले उत्साहमय जीवन बनाउनुपर्छ।

यसलाई उपासनाको रुपमा मनाउनुपर्छ । भगवानको सुन्दर झाँकीलाई सजाएर विभिन्न प्रकारका पकवानहरू भोग लगाएर समस्त भक्तजनहरू बसेर प्रेम विवाह सम्बन्धी माधुर्य सम्बन्धी किर्तन गाउँदै किर्तन गाउँदै नृत्य गर्नुपर्दछ । त्यसैगरी श्रीराम चरित्रमानसको बालकाण्डको दोहा नम्बर ३१३ देखि ३६१ सम्म जानकी मङ्गल विवाह प्रसङ्गको सुमधुरतापूर्वक पाठ गर्नुपर्दछ। यसो गर्नाले जीवन भित्र ईश्वरको कृपा प्रेम माधुर्यता स्वहार्दता स्नेह करुणा दया आदि जस्ता सद्गुणहरूको प्रवेश हुन्छ।

यस प्रकार श्रीराम जानकी विवाहले समाजमा आत्मयता व्यक्ति व्यक्तिमा आपसी भाइजारा ता आदि जस्ता सद्गुणहरूको वृद्धि हुन्छ । व्यक्तिको दुर्गुणको नाश हुन्छ। क्रोध हिंसा भया मिथ्या ममता मोह अन्धकार दम्ब यस्ता दुर्गुण रूपी विकारहरूको विवाह पञ्चमीको उत्सव मनाउनाले र प्रत्येक व्यक्तिभित्र प्रेमको जागरण हुन्छ।

हरेक प्राणीमा प्रेम छ। परमात्मा ” रसोवैस:‌ प्रेमस्वरूप हुनुहुन्छ। परमात्माको प्राप्ति हेतु केवल प्रेम चाहिन्छ। ” रामै केवल प्रेम पीयारा ” श्रीरामजी नजाती नलिङ्ग न देश नरूप न त विद्या नै हेर्नुहुन्छ भगवान त केवल उसभक्तको भाव हेर्नुहुन्छ । “भाववस्य भगवन्ता ” “रसोवैस:” , ” सातोअश्मिन परम प्रेमरूपश्च‌ ” भगवान भगवान प्रेमरूप हुनुहुन्छ। र जगत पनि प्रेम नै चाहन्छ।

संसारमा प्रेम नचाहने कुनै पनि प्राणी छैनन् प्राणी मात्र नभएर जडहरु पनि आपसमा प्रेम चाहन्छन् । उनीहरु सजातीय र विजातीयको क्रमले आफ्नो समाजमा पुग्छन्। त्यसकारणले यस श्रीराम जानकी विवाह महोत्सव प्रत्येक व्यक्ति भित्र करुणा , प्रेम , दया , इमान्दारिता , एवं निष्ठा जगाउने भगवानको कृपारुपी अति दिव्य पर्व हो।