काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीपरिषदमा महिला प्रतिनिधित्वका लागि प्रयास गरेको बताएकी छिन् ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले अनुभवका आधारमा मन्त्रीपरिषद्मा मन्त्रीहरु चयन गरिएको भन्दै महिला प्रतिनिधित्वका लागि पनि प्रयास गरेको बताएकी हुन् । राज्यका अन्य निकायमा महिला प्रतिनिधित्व सुनिश्चितताका लागि सरकार गम्भीर रहेको उनले बताइन ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले पनि महिला प्रतिनिधित्वमा ध्यान दिन नसकेको उल्लेख गरिन । महिलाहरू राजनीतिमार्फत नीति निर्माण तहमा पुग्ने सके मात्रै महिलाका सवालमा निर्णय गर्न सकिने उनको भनाइ छ । उनले महिलाका सन्दर्भमा बनेका राम्रा कानुन कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरिन ।

प्रत्येक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान मनाइने गरिन्छ ।