काठमाडौँ – युएईमा जारी एसीसी यू–१९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियाबाट २१९ रनको चुनौती पाएको छ । युएईको अजमानस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरमा ५० विकेट गुमाएर २१८ रन बनाएको हो ।


ADVERTISEMENT


साउदीका लागि मोहम्मद जुबेर सुनसाराले सर्वाधिक ४८ रन बनाए । यस्तै मोहम्मद रेहान सिद्धकीले ४१, ओमिर अहमद वाहरले ३९, मज्दीले २५ र कप्तान रायन खानले १७ रन बनाउँदा हाजिर अहमद सज्जाद १६ रनमा आउट भए भने अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


बलिङतर्फ नेपालका अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, सुशील रावल, सिब्रिन श्रेष्ठ र दर्शन सोनारले समान १–१ विकेट हात पारे । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।