काठमाडौँ – काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल अपराह्न ४ बजे सुरु हुँदैछ ।
जारी प्रतियोगितामा विराटनगरले ४ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै कर्णाली याक्सले ३ खेलमध्य १ जित र २ हार व्यहोर्दै २ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । कर्णालीलाई लिगको दोस्रो चरणमा पुग्न आज जित निकाल्ने दबाब रहेको छ ।
यता विराटनगर चौथो जितहको खोजीमा छ । आजै भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोलाई ५३ रनले हराएको थियो ।


























































