काठमाडौं- राणाले आफ्नै नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।


ADVERTISEMENT


बिहीबार राणासहितका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्। ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वमा दल दर्ताका लागि निवेदन दिएको राणाले जानकारी दिए।


ADVERTISEMENT

# # #


प्रस्तावित दलको चुनाव चिह्न त्रिभुज राखिएको छ भने झण्डामा सेतो रङको त्रिभुज चिह्न रहने बताइएको छ।

दल दर्ताका लागि निवेदन दिएपछि राणाले दुर्गा प्रसाईंसँगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारेका छन्। आन्तरिक छलफलपछि नयाँ सहमति कायम गर्दै एकताबद्ध भएर अघि बढ्ने समझदारी बनेको उनको भनाइ छ।

आवश्यक कागजात तथा नामहरू मिलाउन समय नपुगेका कारण संयुक्त रूपमा दल दर्ता गर्न नसकिएको राणाले बताएका छन्। दल दर्ताको मिति लामो समयअघि नै तय भइसकेकाले बाध्यताका कारण निर्धारित कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।