काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २ हजार ६४३.८३ विन्दुमा झरेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको थियो।
शुक्रबार १ सय १ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगततर्फ व्यापार समूह सबैभन्दा बढी २.५७ प्रतिशतले घटेको छ।



























































