काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई विदाई गरेको छ ।
४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई विदाई गरेको हो । त्यस्तै ४ वर्षे कार्यकाल पूरा गरेका राखेप बोर्ड सदस्यहरुलाइ समेत विदाई गरिएको थियो ।
विदाई कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको विकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै बाहिर रहँदा समेत आफ्नो सहयोग जारी रहने बताए । आफूलाई जिम्मेवारी पूरा गर्ने क्रममा सबै कर्मचारी लगायतका सरोकारवालाहरुबाट सहयोग पाएकाले सफलतापूर्वक आफू विदा हुन पाएको उनले बताए । उनले नेपाली खेल क्षेत्रलाई अझ उचो बनाउन आफुले सक्दो भूमिका खेलेको धारणा राखे ।
त्यस्तै कार्यक्रममा मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई किट्स वितरण समेत गरिएको थियो ।


























































