काठमाडौं– कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘माछापुच्छ्रे एसआईपी योजना’ को २ करोड इकाई आजदेखि बिक्रीमा आएको छ।


ADVERTISEMENT


क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो।


ADVERTISEMENT

# # #


यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्।

योजनाको इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा मंसिर २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।