काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
कार्णालीका लागि गुल्शन झाले सर्वाधिक नटआउट ४० रन बनाए । त्यसक्रममा आक्रामक ब्याटिङ गरेका उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै पवन सर्राफले २९ बलमा २ चौका र २ छक्काको मदतमा ३५ रन जोड्दा ओपनर मार्क वाटले २७ बलमा १ चौका र २ छक्का प्रहार गरे । यस्तै नजिबुल्लाह जदरानले १२ रन तथा दीपक डुम्रेले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ काठमाडौँका राशिद खानले सर्वाधिक २ विकेट लिए । सो क्रममा ३ ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए । यस्तैकरण केसी, मिलिन्द कुमा र सन्तोष यादवले समान १–१ विकेट लिए । कर्णालीले जवाफी ब्याटिङ गर्दैछ ।
एनपीएलमा कर्णालीले ४ खेल खेल्दा १ मात्रै जित निकालेको छ भने ३ खेलमा हार ब्यहोरेको छ । २ अंकका साथ छैटौँ स्थानमा रहेको कर्णालीले प्लेअफमा पुग्नका लागि आज खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
यता काठमाडौैँले ५ खेलमा ३ जित र २ हारसहित ६ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।


























































