काठमाडौं– एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ ।


ADVERTISEMENT


यस सेवाले भौतिक तथा अनलाइन ई–कमर्स व्यवसायीहरूलाई डिजिटल कारोबार सहज, द्रुत र सुरक्षित रूपमा गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


नयाँ गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका डेबिट वा क्रेडिट कार्ड मार्फत ग्राहकबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सुविधाले नेपालभित्र तथा विदेशबाट पनि डिजिटल भुक्तानी लिन सकिने भएकाले व्यवसाय विस्तारमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

पेमेन्ट गेटवेमा प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ ।

यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुनेर अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ । सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने  बैंकले विश्वास लिएको छ ।