काठमाडौँ – नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष जोशीले आफु पार्टीमा सक्रिय हुन नसक्ने भएकाले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिएका हुन् । उनले देशको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट नेताहरु भ्रष्टाचारमा डुबेकाले देश संकटमा पुगेको बताए ।


ADVERTISEMENT

# # #


कम्युनिष्ट आन्दोलन अहिले जनताको नजरमा अविश्वासको अवस्थामा रहेकाले अब नेकपा (संयुक्त) ले जनतामा विश्वास दिलाउदै अघि बढ्ने उनले बताए । जोशीले युवाहरुको काधमा सम्पूर्ण जिम्मेवारी सुम्पिएर नयाँ कम्युनिष्ट पार्टी गठनको प्रक्रिया सुरु गरिएको जिकिर गरे ।

पत्रकार सम्मेलनमा नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले देशलाई अघि बढाउन चूनाव अपरिहार्य भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले राजनीतिक दलहरुले नै चुनाव हुन नदिने अवस्था सिर्जना गर्न सक्ने भएकाले सजक हुनुपर्नेमा जोड दिए । भुसालले पुराना भनिने दल र नयाँ भनिने दलको विकल्प आवश्यक रहेकाले आफ्नो दल त्यसदिशातर्फ अघि बढ्ने स्पष्ट पारे । उनले प्रचण्डको नेतृत्वमा भएको एकता देशको हितमा नरहेको र राम्रो सन्देश नदिने तर्क गरे ।

नेकपा (संयुक्त)ले घनेन्द्र बस्नेत, कृष्ण प्रसाद भण्डारी र खेमबन्धु कोइरालालाई पार्टीको बरिष्ठ नेतामा मनोनित गरेको छ भने पार्टीको आगामी विशेष राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेज निर्माणका लागि चार सदस्यीय कमिटी गठन गरेको छ ।