काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौँमा रहेको दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
बैँकले उक्त छुटका लागि हस्पिटलसँग सम्झौता गरेको हो । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । आँखा, नाक, कान तथा घाँटी र सामान्य सेवाअन्तर्गत ओपीडीमा २० प्रतिशत छुट पाइनेछ । यस्तै विस्तृत परीषण मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, आँखा उपचार गर्दा ओपीडी जनरल मा २० प्रतिशत, शल्यक्रिया शुल्क, शल्यक्रिया प्याकेज तथा विस्तृत परीक्षणमा ५ प्रतिशतसम्मको छुट पाइनेछ ।
यस्तै ल्याबमा मा १० प्रतिशत र अप्टिकल प्रोडक्ट मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैँकले जनाएको छ । यस सुविधाको उपयोग गर्न ग्राहक हरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।


























































