काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल अपराह्न ४ः०० बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


एनपीएलको प्लेअफमा पुग्न पोखरालाई आज जित्नै पर्ने दबाब रहेको छ भने कर्णालीको प्लेअफ पुग्ने सम्भावना गणितीय रुपमा मात्रै बाँकी छ ।

त्यसक्रममा पोखरा ४ खेलमा १ जित र ३ हारसहित २ अंकका साथ अंक तालिकाको अन्तिम अर्थात् आठौँ स्थानमा रहेको छ भने कर्णालीले ५ खेलमा १ जित र ४ हार व्यहोर्दा २ अंकका साथ छैटौँ स्थानमा रहेको छ ।

खेलेका सबै (५ वटै) खेल जितेको सुदूरपश्चिम रोयल्स ५ अंकसहित शीर्ष स्थानमा रहँदै २ खेल अगावै प्लेअफमा पुगिसकेको छ भने काठमाडौँ गोर्खाजले ६ खेलमा ४ जित र २ हारका साथ ८ अंक र विराटनगर किंग्सले ५ खेलमा ४ जितसहित समान ८ अंक रहे पनि रनरेटका कारण तेस्रो स्थानमा रहेको छ ।