काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि शुक्रवार जनकपुर हुँदै काठमाडौं आउँदै छन् । जनकपुरबाट हेलिकप्टरमा साँढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुँने मोदीको भ्रमणका कारण राजधानीमा केही सड्कमा यातायात प्रभावित हुने भएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक महाशाखाका अनुसार भारतीय प्रधानमन्त्री हिँड्ने रुटमा १५ मिनेट अगाडि मोटरसाईकल र साना गाडी निषेध गरिन्छ भने ठुला गाडी करिब आधा घण्टा अगाडी नै रोकिन्छ । विमानस्थलबाट हायात होटल, हायात होटलबाट टुँडीखेल, शितलनिवास र विभीन्न दलका नेताहरुसँग भेटघाटका लागि द्वारीका होटल जाने क्रममा सोही रुटका यातायात प्रभावित हुने महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘भीभीआईपी सवारीको टाईममा विपरीत रुटमा २० मिनेट र सवारी रुटमा १० मिनेट अन्य सवारी रोक्ने कार्ययोजना बनाएका छौं’ ट्राफिक महाशाखाका सहायक प्रवक्ता (डिएसपी) मुकुन्द मरासिनीले भने, ‘सवारी रुटमा ठुला गाडी र मालवाह ट्रकहरु आधा घण्टा अगाडि रोकिन्छन् ।’

९ बजेर ३० मिेनटमा विमानस्थलबाट नरेन्द्र मोदी बौद्धस्थित हायात ओटल जानेछन् । ४ बजे गार्ड अफ अनरका लागी चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, बानेश्वर हुँदै सैनिक मञ्च प्रस्थान गर्दा सोही रुटमा सवारी प्रभावित हुनेछ ।

‘त्यति धेरै ट्राफिक डिस्टर्व नहुनेगरी मिलाएका छौं’ डिएसपी मरासिनी भन्छन्, ‘एकपटक रोकिएपछि अर्को पटक रोकिँदैन्, किनकी फरक रुटबाट राजकिय सवारीको रुट निर्धारण गरिएको छ ।’

सैनिक मञ्चमा गार्ड अफ अनर पछी मोदी ४ बजे ३५ मिनेटमा उप–राष्ट्रपती नन्दबहादुर पुनसँगको भेटका लागी बहादुर भवन जानेछन् । त्यस्तै ५ बजे राष्ट्रपती विद्या भण्डारीसँग औपचारीक भेटघाट गरेपछि उनी विभिन्न दलका नेताहरुसँगको भेटघाटका लागी महाराजगञ्ज, चावहिल हुँदै द्वारीका होटलमा पुग्ने कार्यक्रम रहेको बताईएको छ ।

मोदीको सवारीको समयमा एम्बुलेन्सलाई नरोकिने र सवारी हुनुभन्दा एक घण्टा अगाडी उक्त रुटमा होर्डीङ बोर्ड र डिजीटल बोर्डबाट सुचना उपलक्ध गराईने ट्राफिक महाशाखाले जनाएको छ ।