काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो । विराटनगरका लागि मध्यम स्कोर बनाउने क्रममा लोकश बमले सर्वाधिक ३५ रन बनाए । सोक्रममा उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्काको मदतमा २८ रन बनाउँदा साम हिजलेटले २७ रन जोडे भने फाफ डु प्लेसिसले १२, प्रतिश जिशीले ११ तथा मर्चेन्ट डी लांगेले नटआउट १० रन जोडे ।

बलिङतर्फ लुम्बिनीका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । सोक्रममा उनले २५ रन मात्रै खर्चिए । यस्तै जेजे स्मिथ, अभिषेश गौतम र रुबेन ट्रम्पलमेनले समान १–१ विकेट हात पारे ।

एनपीएलको प्लेअफको सम्भावनालाई जीवितै राख्न आज लुम्बिनीलाई आज जित्नै पर्ने दबाब रहेको छ भने विराटनगरले आज जितेमा प्लेअफमा पुग्नेछ ।

विराटनगरबाट आज दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिस खेल्दैछन् । उनी एनपीएलका लागि अस्ति मात्रै नेपाल आइपुगेका थिए ।