काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार छैठौँ जित हात पारेको छ । सुदूरपश्चिमले बिहीबार चितवन राइनोजलाई ४६ रनले हराएको हो ।


ADVERTISEMENT


बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको चितवन १७.१ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


चितवनका लागि रवि भोपाराले सर्वाधिक २९ रन बनाए । यस्तै देव खनालले २८, अर्जुन साउँदले १६ तथा कप्तान कुशल मल्ले १५रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

चितवनलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ सुदूरपश्चिम रोयल्सका पुनित मेहराले सर्वाधिक ३ विकेट लिए । २.१ ओभरमा उनले १६ रन खर्चिए । यस्तै इशान पाण्डे, अविनास बोहरा, हिक्मत महरा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे ।

सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । रिटायर्ड आउट हुनुअघि उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले २१ रन बनाउँदा आरिफ शेखले १६ बलमा २ चौका र १ छक्काको मदतमा नटआउट २४ र कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा २ छक्काको मदतमा नटआउट २४ रन बनाए ।

बलिङतर्फ चितवनका शेव जैवले सर्वाधिक २ विकेट लिए भने जर्ज स्क्रिम्स र रञ्जित कुमारले समान १–१ विकेट हात पारे । सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्दैछ ।