सुनसरी— सुनसरीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय धरानले मंसिर २० गते विशेष सूचनाको आधारमा गरिएको कारबाहीबाट धरान उपमहानगरपालिका–१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम गाँजा बरामद गरेको हो। ग्यारेजमा लुकाइ–छिपाइ राखिएको गाँजासँगै मे. १ज २०१८ नम्बरको बोलेरो गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।


ADVERTISEMENT

# # #


उक्त कारबाहीमा संलग्न आरोपमा धनकुटा साँगुरीगढी–४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु तथा ग्यारेज सञ्चालक भारतका साबिर आलमलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले सोही दिन हरिनगर गाउँपालिका–२ भुटाहाबाट ६१ किलोग्राम गाँजा सहित कैला अन्सारीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

दुवै घटनामा पक्राउ परेकामाथि लागू औषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।