काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेकी हुन् ।


ADVERTISEMENT

# # #


भेटका क्रममा निर्वाचनको तयारी लगाएत मुलुकको समसामयिक विषयमा कुराकानी भएको थियो । भेटपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभाको निर्वाचन गर्न राम्रो तयारी गर्न सुझाव दिएको बताइन् ।

त्यस्तै भेटवार्तापछि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले गरिरहेको कामका बारेमा प्रधानमन्त्रीले चर्चा गरेको र पूर्वराष्ट्रपति भण्डारीले फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिएको बताए ।

जेनजी आन्दोलनपछि बनेको सरकारले सुशासनका काममा गरेको काम सकारात्मक भएको प्रतिक्रिया भण्डारीको रहेका उनले बताइन् । मन्त्री खरेलले नेपालको पहिलो प्रधानन्यायाधीस र पहिलो राष्ट्रपतिबीच भेटघाट हुनु ऐतिहासिक भएको जिकिर गरे ।