काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर–१ मा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १११ रनमै समेटिएको हो । काठमाडौँका लागि आठौँ नम्बरमा ब्याटिङमा आएका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । सोक्रममा उनले १७ बलमा १ छक्का प्रहार गरे ।
यस्तै आदिल आलम र जोन सिम्पोनले समान १८–१८ रन बनाए भने भीम सार्कीले १४ र सन्तोष यादवले रन बनाउँदादा अन्यले दोहोरो अंक छुन सकेनन् ।
काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए । सोक्रममा शेरले ४ ओभरमा २२ रन खर्चिँदा रोहितले २५ रन दिए । यस्तै अविशेष गौतमले १ विकेट हात पारे ।



























































