काठमाडौं– दोस्रो विश्व ध्यान दिवसको अवसरमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक श्रद्धेय गुरुदेवद्वय एल पि भानु शर्मा र रमेश नेपालज्यूले संयुक्त राष्ट्रसंघको मुख्यालय, संयुक्तराज्य अमेरिकाको न्युयोर्कमा डिसेम्बर १९ मा ध्यान गराउने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT


यस कार्यक्रमले नेपाल उद्गम स्थल रहेको योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार हुनेछ, जसबाट परापूर्व कालदेखि प्रयोग र अभ्यास हुँदै आएका अध्यात्म, आयुर्वेद र प्राकृतिक चिकित्साबाट विश्वले लाभ लिन सक्नेछ । यसबाट नेपाललाई विश्वमै एउटा अद्वितीय आरोग्य केन्द्रका रूपमा विकास गर्ने मार्ग खुल्ला हुनेछ । साथै यस कार्यक्रमले मानसिक शान्ति, भावनात्मक सन्तुलन र विश्व शान्तिमा ध्यानको भूमिकालाई समेत उजागर गर्नेछ ।


ADVERTISEMENT

# # #


सयाँै ऋषिमुनिको तपस्या स्थल र बुद्धको जन्मभूमि नेपाल ध्यान, आध्यात्मिक परम्परा, आयुर्वेद र प्राकृतिक चिकित्साको उद्गम थलो हो । यस कार्यक्रममा नेपालले ध्यानमार्फत् व्यक्तिगत सुख, सामुदायिक सद्भाव र विश्व शान्तिका साथै आरोग्य पर्यटनका लागि विश्वस्तरीय सन्देश प्रवाह गर्नेछ । यस कार्यक्रमले आरोग्य पर्यटन प्रवर्धनमार्फत् देशको आर्थिक समृद्धिको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

कार्यक्रमको पूर्वसन्ध्यामा सम्माननीय प्रधानमन्त्री कार्कीले २०८२/०९/०१ मा एक वक्तव्य जारी गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेकी छिन् । वक्तव्यमा उनले भनेकी छिन् ‘संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन गइरहेको कार्यक्रमले नेपाललाई विश्वको एक महत्वपूर्ण आरोग्य भूमिको रूपमा स्थापित गर्ने कुरामा विश्वस्त छु ।’

संयुक्त राष्ट्रसंघले सन्२०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ । नेपाल यस दिवसको प्रस्ताव गर्ने छ वटा देशमध्ये एक हो, जसले आजको तनावपूर्ण विश्वमा आन्तरिक शान्तिको महत्वलाई अघि सारेको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका कर्मचारी, अन्तर्राष्ट्रिय संस्था तथा विभिन्न देशका प्रतिनिधिको सहभागिता रहने छ ।