काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । मोदीलाई दिउँसो पौने ३ बजे राष्ट्रियसभा गृहमा विशेष समारोह आयोजना गरेर अभिनन्दन गर्न लागिएको हो ।


ADVERTISEMENT


मोदीलाई जनकपुरमा जस्तै काठमाडौं महानगरको पनि साँचो हस्तान्तरण गरिने छ । मोदी पौने २ः४५ मा राष्ट्रियसभा गृह प्रवेश गर्ने छन् । त्यसैले अतिथी र अन्य सर्वसाधारणलाई २ बजेभित्रै सभागृह प्रवेश गर्न भनिएको छ । मोदीको अभिनन्दमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा महानगरपालिका र प्रधानमन्त्रीको तर्फबाट मन्तव्य राख्ने र मेयर विद्यासुन्दर शाक्यले नगरको साँचो मोदीलाई बुझाउने छन् । त्यसपछि मोदीलाई सुनौलो रंगको बुद्ध मूर्ति महानगरको तर्फबाट उपहार दिइने महानगरपालिका स्रोतले बताएको छ ।

मोदीको अभिनन्दनको तयारी पूरा भइसकेको छ । त्यसका लागि राष्ट्रियसभागृहलाई विशेष रुपमा सिंगारिएको छ । नेपाल र भारतका झण्डा फहराइएको छ भने मोदीका लागि स्वागत द्वार बनाइएको छ ।