काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ पुगेका छन् । मोदी बिहान करिब साढे ६ बजे हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुक्तिनाथ पुगेका हुन् ।


ADVERTISEMENT


उनी मुक्तिनाथ मन्दिर नजिक बनाइएको हेलिप्याडमा अवतरण गरेका थिए । उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो ।


ADVERTISEMENT

# # #


मोदीलाई कालिगण्डकीको शालिग्राम उपहार
मोदीले मुक्तिनाथ मन्दिरमा करिब २५ मिनेट पूजा गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

त्यसपछि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम मोदीलाई उपहार दिनेछन् । करिब एक घण्टा मुक्तिनाथमा बिताएपछि मोदी काठमाडौं फर्किने छन् । काठमाडौं आएपछि उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा पनि गर्नेछन् । त्यसपछि मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने छन् ।

मुक्तिनाथ सुरक्षा व्यवस्था कडा
चीनसँग सीमा जोडिएको मुक्तिनाथमा मोदी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले शुक्रबार बेलुका ४ बजेदेखि नै शनिबार मोदी नफर्किउन्जेलसम्म मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । पर्यटकलाई पनि पुराङ र रानीपौवा बजारमा प्रवेश निषेध गरिएको छ ।

मुस्ताङका सबै सीमामा कडाइ गरिएको छ । अन्नपूर्ण पदमार्ग बन्द गरिएको छ । मुक्तिनाथ मन्दिर वरपर पनि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा प्रवन्ध मिलाउन बिहीबारदेखि नै भारतीय सुरक्षाकर्मीको विशेष टोली मुक्तिनाथमा परिचालित छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले स्रोतसँग भने, ‘सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखिएको छ । मोदी जीको क्लोज टिम पनि यतै खटिएको छ ।’