काठमाडौं — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले “टप अप गरौं, बोनस पाऔं” अभियान सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी सेवा प्रदायक एफ–वान सफ्ट इन्टरनेशनल प्रा।लि।को सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो।


ADVERTISEMENT

# # #


बैंकका प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलका अनुसार यही पौष महिनाभर लागू हुने यस अभियानअन्तर्गत नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत २०० वा सोभन्दा बढी रकमको टप–अप गर्ने मध्ये ८० जना भाग्यशाली ग्राहकलाई प्रतिव्यक्ति १०० का दरले बोनस प्रदान गरिने छ। विजेताहरूको घोषणा अभियान अवधि समाप्त भएपछि गरिने बैंकले जनाएको छ।

डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउँदै आधुनिक बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित ल्याइएको यस अभियानले बैंकको डिजिटल कारोबार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम तथा ६१ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत प्रतिस्पर्धी बैंकका रूपमा आफ्नो उपस्थितिलाई सशक्त बनाउँदै लगेको जनाएको छ।