राहुल गुप्ता बारा, विश्रामपुर – बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले गाउँपालिका–४, बलिरामपुरस्थित श्री ने रा मा वि विद्यालयको अनुगमन गरेका छन् ।


ADVERTISEMENT


अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचना, पठन–पाठनको गुणस्तर, विद्यार्थी उपस्थिती तथा व्यवस्थापन पक्षबारे जानकारी लिएका थिए। प्रमुख प्रशासकीय अधिकृत केशरीले विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीहरूसँग छलफल गर्दै शिक्षा सुधारका लागि आवश्यक सुझावसमेत दिए ।


ADVERTISEMENT

# # #


उनले विद्यालयको समग्र विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षकहरूलाई गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । अनुगमनले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

यस अनुगमन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।