काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणामा प्रधानमन्त्री सुशीला कार्की तथा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताबीच छलफल सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बैठक भर्खरै सुरु भएको हो ।
बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, नेपाली कम्यूनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
जेन–जी आन्दोलनपछि पहिलो पटक यो तहको शीर्ष बैठक बसेको हो । बैठक समसामयिक राजनीतिक घटनाक्रम र आगामी निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।



























































