गुल्मी – नेपालको लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लामा भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास गरिएको छ ।


ADVERTISEMENT


गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ स्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने नयाँ विद्यालय भवनको शिलान्यास आज काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर श्री गीतांजलि ब्रैंडन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रूपमा गरेको हो ।


ADVERTISEMENT

# # #


भारत सरकारको आर्थिक सहयोग नेरु। ३ करोड ८० लाखको लागतमा निर्माण हुन लागेको उक्त विद्यालय भवन दुई तल्लाको हुनेछ । नयाँ पूर्वाधारमा कक्षाकोठा, फर्निचर तथा अन्य सहयोगी संरचनाहरू समावेश रहने जनाइएको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत सञ्चालन हुँदै धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले शिक्षा क्षेत्रको विकासका लागि भारत सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गरेका थिए । नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरिएको छ ।

नजिकको छिमेकी तथा विकास साझेदारको हैसियतले भारत र नेपालबीच शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा व्यापक र बहु–क्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले नेपाल सरकारको विकास र समृद्धि हासिल गर्ने प्रयासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।