काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विभिन्न दलका नेताहरुसंग छलफल गरेका छन् ।
बिहीबार बालेनले रास्वपा सभापति रवि लामिछाने, बाबुराम भट्टराई, अमरेश कुमार सिंह, शिरि खनालसहित विभिन्न दलका नेता लगायतसंग छलफल गरेका हुन् ।
छुट्टाछुट्टै छलफलपछि बालेनले छिटै संयुक्त रुपमा छलफल गर्ने तयारी भएको बुझिएको छ । बालेनपछिको छलफलपछि लामिछानेले केही समय प्रतिक्षा गर्न आग्रह गरेका थिए । आजै बालेन, रवि र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई बीच संयुक्त भेट हुने बताइएको छ ।
पछिल्लो समय नयाँ राजनीतिक शक्ति र वैकल्पीक शक्ति भनिएका दलहरुले एकीकृत रुपमा निर्वाचनमा होमिने तयारी गरेका छन् ।



























































