राहुल गुप्ता, बारा — फेटा गाउँपालिका–१, त्रिवेनीमा सडक विस्तारका लागि घर भत्काउने कार्य सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष रुस्तम अंसारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सडक विस्तार कार्यको औपचारिक सुरुआत गरिएको हो।
स्थानीय विकासलाई तीव्र बनाउने उद्देश्यले सडक विस्तार गर्न लागिएको गाउँपालिकाले जनाएको छ। सडक विस्तारका क्रममा अवरोध बनेका संरचना हटाउने काम भइरहेको छ। यस कार्यबाट यातायात सहज हुनुका साथै स्थानीय बासिन्दालाई आवतजावतमा सुविधा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। गाउँपालिका अध्यक्ष अंसारीले विकासका काममा सबैको सहकार्य आवश्यक रहेको बताउँदै दीर्घकालीन फाइदा हुने गरी योजना अघि बढाइएको उल्लेख गरे।




























































