काठमाडौँ – लामो रस्साकस्सीबीच अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा)बीच सहमति भएको छ । सोमबार काठमाडौँको कमलपोखरीस्थित एक घरमा यी दुई पार्टीबीच ७ बुँदे सहमति भएको हो ।
यससँगै अब रास्वपा र उनेपा आसन्न प्रतिनिधिसभा निर्वाचनमा एक भएर लड्ने भएका छन् । सहमति अनुसार उनेपाका संरक्षक कुलमानले रास्वपामा पहिलो वरियताको उपभिापति पाउनेछन् । यस्तै निर्वाचन आयोगमा बुझाउने समानुपातिक सांसदको बन्द सूचीमा १७ जना सांसद पनि उनेपाबाट समेटिनेछ ।
यो ७ बुँदे सहमतिको साक्षी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बनेका छन् । उनले केही दिन अघि मात्रै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा रास्वपाबाट निर्वाचन लड्ने गरी सहमति गरेका थिए ।


























































