काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ।


ADVERTISEMENT


घटनामा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्वतन्त्र युवाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्। उता, बालिका हत्याको विरोधमा वीरगञ्ज(पथलैया सडकखण्ड दुई दिनदेखि अवरुद्ध भएको छ। प्रदर्शनका कारण बिहीबार जीतपुरसिमराका सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहे भने वीरगञ्ज भन्सारबाट छुटेका सयौँ मालवाहक सवारी साधन दुई दिनदेखि सडकमै अलपत्र परेका छन्।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। प्रहरीले खोजीमा आवश्यक समन्वय नगरेको भन्दै आक्रोशित स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन्।

बालिका हराएको तीन दिनसम्म पनि प्रहरीले खोजी गर्न नसकेको र परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप उनीहरूको छ।