काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । रास्वपाका उम्मेदवारको प्रचारप्रसारका लागि उनी इलाम पुगेका हुन् ।


ADVERTISEMENT


इलामका विभिन्न क्षेत्रमा शाहले घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । सो क्रममा उनले पार्टी र पार्टीका उम्मेदवारलाई समर्थन गर्दै मतदान गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि गत मंगलबार शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तापछि बुधबार उनले झापाका विभिन्न स्थानमा पुगेर मतदातासँग भलाकुसारी गरेका थिए ।