काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानलाई तीव्र बनाउँदै पूर्वी जिल्लामा सक्रिय छन्। झापामा रहेका शाह आइतबार बिहान इलाम पुगेर मतदातासँग भेटघाट तथा संवादमा सहभागी भएका थिए।


ADVERTISEMENT


इलामको कार्यक्रम सकेपछि शाह हाल पाँचथर पुगेका छन्। पाँचथरमा उनले चुनावी प्रचारप्रसार गर्नुका साथै आफ्नो पार्टीका उम्मेदवारका लागि मत मागिरहेका छन्।


ADVERTISEMENT

# # #


रास्वपाका तर्फबाट झापा–५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका शाहले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराइरहेका छन्।