काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लवले चर्च ब्वाइजमाथि सहज जित हासिल गरेको छ ।
बिहीबार ललितपुरको च्यासलस्थीत च्यासल मैदानमा भएको खेलमा एपिएफले चर्च ब्वाइजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जितमा समिराज थोकरले खेलको २२ औं मिनेट, प्रदीप लामाले ३८ औं मिनेट र युवाराज खड्काले खेलको ६० र ७७ औं मिनेटमा गोल गरेका थिए ।
चर्च ब्वाइजका तर्फबाट एकमात्र गोल मिलन राजले खेलको ८२ मिनेटमा गरेका थिए । जितसंगै एपिएफको दुई खेलबाट ६ अंक भएको छ भने समान खेल खेलेको चर्च व्वाइजको १ अंक रहेको छ ।



























































