काठमाडौँ – निवर्तमान शिक्षामन्त्री तथा स्वतन्त्र उम्मेदवार महावीर पुनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न त्रिभुज पाएका छन् । म्याग्दीबाट स्वतन्त्र रुपमा उठेका पुनलाई शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज चुनाव चिह्न दिएको हो ।


ADVERTISEMENT


यसबारे जानकारी गराउँदै पुनले सामाजिक सञ्जालमा भनेका छन्, ‘महावीर पुनको चुनाव चिन्ह आयो। नेपालभरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिन्ह लिए हुन्छ।’


ADVERTISEMENT

# # #


राष्ट्रिय आविष्कार केन्द्र चलाइरहेका पुन गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए । पुन आफ्ना इमान्दारिता, साधारण जीवनशैली र ठट्यौली शैलीका लागि चिनिन्छन् ।