काठमाडौँ – नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटि घोषणा गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेको अध्यक्षतामा निर्वाचन परिचालन कमिटि घोषणा एवं कार्यालय उद्घाटन गरिएको हो । सो क्रममा एमाले उपाध्यक्ष एवं सो क्षेत्र प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले अब भौतिक विकास मात्र नभई, सामाजिक, मानविय विकासका साथै शिक्षा, स्वास्थ्य एवं रोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले रुपन्देहीको भौतिक विकास धेरैका लागि सिकाईको थलो बनेको बताउंदै अब मानवीय विकास एवं व्यक्तिको आयस्तरमा वृद्धि हुने खालको योजना निर्माणमा आफु प्रतिबद्ध भएर लाग्ने बताए ।

त्यस्तै उनले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदाता सामु आफुले गरेका कामको मुल्यांकन गरिदिन आग्रह गरे ।