काठमाडौँ – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । आइतबार भएको निर्वाचनमा झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।


ADVERTISEMENT


उनी एमाले–काँग्रेस र जसपाको गठबन्धनबाट निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाइन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन्।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा सदस्यमा निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने गर्छन् ।