काठमाडौं – नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको मूल्य ह्वात्तै घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार हुेन साताको पहिलो दिन आइतबार सुनको मूलय तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।


ADVERTISEMENT

# # #


शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।