काठमाडौं – नेपालको संविधानले राजनीतिमा महिलाको समावेशी सहभागिताप्रति स्पष्ट प्रतिबद्धता जनाए तापनि व्यवहारमा महिलाहरू नीति निर्माण र निर्णय प्रक्रियाबाट निरन्तर बहिष्करणमा परिरहेको यथार्थलाई सार्वजनिक र गम्भीर विमर्शको विषय बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो।


ADVERTISEMENT


नेपालको कुल जनसंख्याको ५२ प्रतिशत हिस्सा महिलाको भए तापनि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मनोनयन भएका ३,४८४ उम्मेदवारमध्ये केवल ३९५ जना महिला हुनु गम्भीर लोकतान्त्रिक असफलताको सूचक हो। यो अवस्था महिलाको क्षमता अभावका कारण होइन, बरु राजनीतिक इच्छाशक्ति र संरचनागत प्रतिबद्धताको अभावको प्रतिबिम्ब हो। सत्ता, स्रोत र उम्मेदवारी वितरण प्रक्रियामा महिलालाई बारम्बार उपेक्षा गरिनु संयोग नभई योजनाबद्ध संरचनात्मक बहिष्करण भएको तथ्यलाई यस संवादमार्फत सार्वजनिक रूपमा उठान गरिनेछ।


ADVERTISEMENT

# # #


यस खुला संवाद कार्यक्रममा विभिन्न महिला नेतृत्व, राजनीतिक दलका प्रतिनिधि, जेन-जी (Gen Z) का प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सरोकारवाला निकायका व्यक्तित्वहरू एकै मञ्चमा उपस्थित भई राजनीतिमा विद्यमान संरचनात्मक अवरोधहरूबारे प्रश्न उठाउने, अनुभव साझा गर्ने तथा सम्भावित समाधानका मार्गहरूबारे छलफल गर्नेछन्।

राज्यको चौथो अङ्गका रूपमा पत्रकारिताले लोकतन्त्र, समावेशिता र उत्तरदायित्वका विषयमा सार्वजनिक बहसलाई सशक्त बनाउने भूमिका निर्वाह गर्नुपर्ने वर्तमान सन्दर्भमा, यस कार्यक्रमको समाचार सम्प्रेषणमार्फत सार्वजनिक विमर्शलाई थप व्यापक बनाउन सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

वक्ताहरू:
१. रेशु अर्याल ढुंगाना: शिक्षाविद् तथा सामाजिक-राजनीतिक अभियन्ता
२. हिसिला यमी: वरिष्ठ राजनीतिक नेत्री तथा पूर्व मन्त्री
३. टिकाराम यात्री: पत्रकार
४. सुमना श्रेष्ठ: पूर्व शिक्षा मन्त्री
५. अष्टलक्ष्मी शाक्य: नेपालको पहिलो महिला मुख्यमन्त्री तथा वरिष्ठ राजनीतिक नेत्री
६. ममता महतो: उपाध्यक्ष, पटेर्वा सुगौली गाउँपालिका, पर्सा
७. रञ्जु दर्शना: राजनीतिक नेत्री
८. नुमा लिम्बू: राजनीतिक नेत्री तथा लैङ्गिक अल्पसंख्यक अधिकार अभियन्ता
९. रक्षा बम: जेन-जी अभियन्ता
१०. सुरज वैद्य: उद्योगपति तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष
११. निशा अधिकारी मल्ल: नेत्री
१२. यजस्वी राई: युवा अभियन्ता
१३. भारती सिलवाल गिरी: लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विशेषज्ञ
१४. सुवासिनी श्रेष्ठ: सामाजिक प्रभाव नेतृत्वकर्ता
१५. राजेन्द्र बानियाँ: पत्रकार
१६. मीना कुमारी लामा: प्रमुख, हेटौँडा उपमहानगरपालिका
१७. प्रकृति ढकाल: जेन-जी अभियन्ता तथा स्वास्थ्य अधिकार समर्थक
१८. बिना कुमारी भट्टराई: उप-प्रमुख, ठाकुरबाबा नगरपालिका, बर्दिया
१९. रिता देवकोटा: उपाध्यक्ष, सिरानचोक गाउँपालिका, गोरखा
२०. खुश्बु ओली: केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी
२१. शारु जोशी श्रेष्ठ: लैङ्गिक विकास तथा सुशासन विशेषज्ञ