काठमाडौं – वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले राज्यले आफ्ना नागरिकका सपना पूरा गर्नुपर्ने बताए ।


ADVERTISEMENT


आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित राष्ट्रिय सहिद दिवस–२०८२ तथा जेनजी सुशासन योद्दा र अमर प्रहरीहरूको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा मन्त्री चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्मसमीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर भएको बताउदै सहिदलाई एक दिनमात्र होइन, सधैँ स्मरण गर्नुपर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


सहिदको बलिदानले नै आजको व्यवस्था सम्भव भएको भन्दै उद्लेद उनीहरूप्रतिको कदर व्यवहारमै देखिनुपर्ने धारणा राखे । “राज्यले आफ्ना नागरिकका सपना पूरा गर्नुपर्छ । कुनै भूगोल, कुनै क्षेत्र किन पछाडि परिरहेको छ भन्ने कुरा गम्भीरतापूर्वक बुझ्नुपर्छ”, उनले भने, “राज्यले आफ्ना सबै नागरिकका हकअधिकार समान रूपमा सुनिश्चित गर्नुपर्छ ।”

मन्त्री चौलागाईँले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्वतन्त्र व्यक्ति भएको स्पष्ट पार्दै राज्यको बेवास्ताका कारण नागरिकहरू सडकमा आउन बाध्य हुने अवस्था सृजना भएको जिकिर गरे । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेश राज्यका नीतिगत कमजोरीका कारण पछाडि परेको उनको भनाइ थियो ।

“म कर्णाली प्रदेशको व्यक्ति हुँ । म कुनै दलमा आबद्ध छैन, मैले कर्णालीका पीडाका विषयमा निरन्तर लेख्दै आएको छु,” उनले भने, “विगतदेखि राज्यले कर्णाली र सुदूरपश्चिमलाई किन पछाडि पार्‍यो रु त्यहाँका नागरिक के नेपाली होइनन् ?”