काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


ADVERTISEMENT


महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला ५ हजार ५०० मा कारोबार भएको चाँदी आज ५ हजार २०० मा कारोबार भइरहेको छ ।


ADVERTISEMENT

# # #


यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।