काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुनको मूल्य ३७ सय रूपैयाँले बढेको हो ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ७ सय रूपैयाँले बढेर २ लाख ९० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १३५ रूपैयाँले बढेर ५ हजार ३३५ रूपैयाँ कायम भएको छ ।



























































