काठमाडौँ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरूपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरूपयोगले निर्वाचन विथोलिन सक्ने भएकाले प्रविधिको दुरूपयोग हुनसक्ने आंकलन गरेर पहिचान गरिसकेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताए । उनले विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकले गरेको सहयोग सराहनीय रहेको धारणा राखे ।

निर्वाचन नैतिकता प्रवद्र्धनका लागि टिकटकसंगको सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुराउने आयोगको विश्वास छ । निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलव्ध गराउने लक्ष्य राखिएको टिकटकका प्रतिनिधिहरुले जनाएका छन् ।