काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ ।


ADVERTISEMENT


उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (एमएएन)द्वारा आयोजना गरिएको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पुरस्कार प्रदान गरेका थिए ।


ADVERTISEMENT

# # #


पुरस्कार छनोट प्रक्रिया सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय तथा नेपाल व्यवस्थापन संघका पदाधिकारीहरूको संयुक्त समितिले गरेको हो। यस अवार्डले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुराउने र भविष्यका व्यवस्थापन पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबीए तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले सम्झौता भएको थियो । सो सम्झौताअनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबीएमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको बैंक हो । यसअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल कार्ड सञ्चालनमा ल्याएको थियो ।

हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन, सीआरएन सेवा तथा क्रस बैंक टेलर सुविधासमेत उपलब्ध गराउँदै आएको छ ।