काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० कायम भएको छ ।


ADVERTISEMENT

# # #


शुक्रबार एक तोला छापावाल सुन २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी ४ हजार ९८० मा खरिदबिक्री भएको थियो ।

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३३५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।