राहुल गुप्ता, बारा — बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख एवं यस विद्यालयका संरक्षक प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीको प्रमुख आतिथ्यतामा यस विद्यालयको “सातौं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८२” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


ADVERTISEMENT


कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवाल, भरतपुर महानगरपालिका शिक्षा शाखाका प्रतिनिधि अर्जुन सिंह मडै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका सदस्य प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डे लगायतको उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्राचार्यहरू, विभिन्न वडा तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरू, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक उन्नति, अनुशासन र समग्र विकासमा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न नृत्य, गीत तथा कराँते प्रदर्शन प्रस्तुत गरेका थिए भने नेपाल प्रहरी ब्याण्ड तथा विपद् व्यवस्थापन टिमद्वारा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक प्रस्तुति समेत देखाइएको थियो।

यस विद्यालयको प्रचार–प्रसार प्रयोजनार्थ उक्त कार्यक्रममा खिचिएका विभिन्न तस्बिरहरू यस समाचारसँगै संलग्न गरिएको विद्यालयले जनाएको छ।