काठमाडौं – रामेछापमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको प्रदेश ३ ०१–००५ख९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा ३ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् इन्सपेन्टर राजन तिमल्सिनाले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले भने, ‘ओखलढुंगा जाँदै गरेको बस दुर्घटना भएको हो। बस तामाकोशी नदीमा खसेको छ। अहिले ३ जनाको शव निकालिएको छ र ५ जनाको उद्धार गरेर पठाएका छौं। शवको पहिचान भने हुन बाँकी रहेको छ।’