काठमाडौँ – नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा देशभर विविध योग सम्बन्धी कार्यक्रमहरूको आयोजना गरेको छ।


ADVERTISEMENT


बैंकले असार ७, २०८३ मा आइतबार काठमाडौंसहित विभिन्न प्रदेशहरूमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा जोड दिएको जनाएको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन टोली तथा १५० भन्दा बढी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ। सहभागीहरूलाई नियमित योग अभ्यासले कार्यक्षमता वृद्धि र सकारात्मक कार्यसंस्कृति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै, यस्ता स्वास्थ्य–केन्द्रित कार्यक्रमहरूले कर्मचारीको उत्पादकत्व र संस्थागत संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

नेपाल एसबीआई बैंक लिमिटेडका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ र १२७ एटीएममार्फत देशभर सेवा विस्तार भइरहेको पनि जानकारी दिइएको छ।