काठमाडौं – रामेछापमा दुर्घटना बस दुर्घना हुँदा ५ जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको प्रदेश ३–०१–९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो ।


ADVERTISEMENT


दुर्घटनास्थबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । उद्धार गरेकाहरुलाई मन्थली र खुर्कोट पठाइएको छ ।


ADVERTISEMENT

# # #


अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।