एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप २०२६ को पुरस्कार राशि सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


आइसिसीले कुल एक करोड १२ लाख डलरभन्दा बढी पुरस्कार राशि वितरण गर्ने जनाएको छ । कुल पुरस्कार राशि एक करोड १२ लाख ५० हजार डलर रहेको छ ।


ADVERTISEMENT

# # #


त्यसमध्ये विजेताले २३ लाख ४० हजार डलर, उप विजेताले ११ लाख ७० हजार डलर र सेमिफाइनल पुग्नेले छ लाख ७५ हजार डलर पाउने छन् । यस्तै पाँचौंदेखि आठौं स्थानमा रहने टिमले २ लाख ७० हजार डलर पाउने छन् ।

यस्तै १३ देखि २० औं स्थानमा रहनेले १ लाख १२ हजार ५ सय डलर पाउने छन् । यस्तै प्रत्येक खेल जित्नेले ३१ हजार १ सय ५४ डलर पाउने छन् । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा नेपालसहित २० सहभागी छन्।